मंगलबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य स्थिर छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य यो दिन स्थिर रहेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा नै कारोबार भइरहेको छ । गत साउन २ गते मंगलबार सुनको मूल्यले कीर्तिमानी उचाइ छोएको थियो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ४९ हजार ८०० पुगेको थियो । त्यसयता सुनको मूल्य घट्दो क्रममा छ ।

तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *