विश्वभर कृतिमान रच्दै  एवोन, ४ वर्षमै १० लाख युनिट इलेक्ट्रीक कार बिक्री

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटरले पछिल्लो पटक नेपाल ल्याएको जीएसी (GAC)को इलेक्ट्रीक ब्राण्ड एवोन (AION)ले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यो ब्राण्डले स्थापना भएको चार वर्षमै १० लाख भन्दा बढी युनिट्स सवारी साधन बिक्री गरेको हो ।

यो उपलब्धिले एवोनलाई विश्वको सबैभन्दा छिटो बढिरहेको इलेक्ट्रीक कार (EV) ब्राण्डको रूपमा पुष्टि गरेको जीएसी समूहले बताएका छ । यसको नवप्रवर्तनकारी प्रविधि, उत्कृष्ट प्रदर्शन र स्थिरताले एवोन सबैको रोजाइमा पर्न सफल भएको हो ।

विद्युत् मोबिलिटीको माग बढ्दै गर्दा एवोनले आधुनिक उपभोक्ताको आवश्यकताहरू र प्राथमिकताहरूलाई पूरा गर्ने अत्याधुनिक प्रविधि प्रदान गर्दै अगुवाइ गरिरहेको छ ।

एवोन वाई (AION Y) आकर्षक डिजाइन, उन्नत विशेषताहरू र उत्कृष्ट रेन्जको लागि परिचित छ । यसले नेपालको दिगो भविष्यमा योगदान पुर्‍याउँदै, दक्षता, नवप्रवर्तन, र किफायतीपनलाई संयोजन गर्ने उच्चस्तरीय विद्युत् सवारी साधन उपभोक्ताहरूलाई प्रदान गर्न लक्ष्य राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *