टर्कीमा ४.७ म्याग्निच्युडको भूकम्प, इस्तानबुलमा धक्का महशुस

काठमाडौं । टर्किको उत्तरपश्चिमी प्रान्त कानाक्कलेमा ४.७ म्याग्निच्युडको भूकम्प गएको विपद् तथा आपतकालीन व्यवस्थापन प्रेसिडेन्सीले जनाएको छ ।

भूकम्प सोमवार साँझ ५ बजेर ३९ मिनेटमा गएको हो ।

हाल त्यहाँ कुनै प्रतिकूल अवस्थाहरू नरहेको बताइएको छ । देशको सबैभन्दा ठूलो सहर इस्तानबुलमा पनि भूकम्पको धक्का महशुस गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *