बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाको दाबी पेस

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नोपली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेस गरेका छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका उनलाई नेकपा एमाले र नेपाली कांग्रेसका सांसदले साथ दिएका छन् ।

लामाले एमाले र कांग्रेसका ६४ सांसदको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा पेस गरेका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *