महिला एसिया कप क्रिकेट : भारतविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

२०८१ साउन ८ गते

महिला एसिया कप २०२४ मा भारतविरुद्ध नेपालले फिल्डिङ थालेको छ। भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरेको हो।
खेल साँझ सवा ७ बजे सुरु भएको हो।
यो समूहबाट भारत र पाकिस्तानले अन्तिम चारमा लगभग स्थान बनाइसकेका छन्। युएई सबैखेलमा पराजित हुँदै बाहिरिसकेको छ। नेपालको पनि सम्भावना लगभग सकिएको छ।
सेमिफाइनलमा पुग्न नेपालले भारतलाई १० ओभरभित्रमा हराउनुपर्छ।
नेपालसँगको खेलमा भारतले आफ्नी कप्तान हरमनप्रीत र पूजा वस्त्रकारलाई आराम दिएको छ। नेपालले पनि दुई खेलाडी परिवर्तन गरेको छ।
भारतीले पाकिस्तानलाई ७ विकेटले र युएईलाई ७८ रनले पराजित गर्दै आफ्ना अघिल्ला दुवै खेलमा जित हासिल गरेको थियो। उसले नेपालविरुद्ध पनि यस्तै नतिजा खोज्नेछ।
पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हात पारेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

२०८१ साउन ८ गते
प्रतिक्रिया
सम्बन्धित