ललितपुरका एक बालकमा देखियो हैजा, टेकु अस्पतालमा उपचार हुँदै

ललितपुरका एक बालकमा हैजा देखिएको छ। १६ वर्षीय बालकमा हैजा पुष्टि भएको र उनको टेकु अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

शुक्रबारदेखि नै टेकु अस्पतालमा उपचाररत उनलाई आज मंगलबार हैजा पुष्टि भएको हो।

आरटी रिपोर्टमा हैजा पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनलाई ल्याब रिपोर्टमा पनि संक्रमण पुष्टि भएको हो। उनलाई टेकु अस्पतालमै आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

सोही ठाउँका आइसियूमा उपचाररत अर्को व्यक्तिलाई पनि हैजाको लक्षण देखिएको छ। परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कल्चर गराउन पठाइएको छ। मिर्गौलामा पनि समस्या देखिएकाले उनलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको छ।

गोदावरी– १४ मा हैजा फैलिन सक्ने भन्दै थप निगरानी बढाउन आग्रह गरिएको छ।

संक्रमणबाट बच्न सधैँ पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरेर मात्रै पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, बासी सडेगलेका खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारी राम्ररी पखालेर मात्र खान अस्पतालले अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *