भारतसँग ८२ रनले पराजित हुँदै नेपालको एसिया कप यात्रा टुंगियो

महिला एसिया कप २०२४ मा नेपाल भारतसँग फराकिलो अन्तरले पराजित भएको छ। १७९ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको नेपाल ९ विकेट गुमाउँदै ९६ रनमा समेटिएको हो।

भारत समूहमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालका लागि सर्वाधिक १८ रन सीता राना मगरका नाममा रह्यो। अर्की ओपनर सम्झना खड्का ७ रनमै आउट भइन्।

कविता कुंवर ६ रनमा आउट हुँदा कप्तान इन्दु बर्माले १४ रन जोडिन्। रुविना क्षेत्री १५ रनमा आउट भइन्। कविता जोशीले खाता नै खोल्न सकिनन् भने डोली भट्ट ५ रनमै पेबेलियन फर्किन्।

काजल श्रेष्ठ ३ रन जोड्दा आउट भइन्। बिन्दु रावल १७ र सवनम राई १ रनमा नटआउट रहे।

भारतका लागि रेनुका सिंहले एक विकेट लिँदा दिप्ती शर्माले ३ विकेट हात पारिन्। राधा यादव र अरुन्धती रेड्डीले समान २ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा मात्रै ३ विकेट गुमाउँदै १७८ रन बनाएको थियो।

भारतका ओपनरले १४ औं ओभरसम्म साझेदारी गरेका थिए।

१४ औं ओभरको अन्तिम बलमा सीता राना मगरको बलमा दयालन हेमलतालाई रुबिना क्षेत्रीले क्याच आउट गराएकी थिइन्। हेमलताले ५ चौका र एक छक्काको मद्दतमा ४७ रन बनाइन्।

अर्की ओपनर शफली वर्मा १६ औं ओभरमा सीताकै बलमा विकेट किपरको हातबाट स्टम्पिङ भइन्। वर्माले ४८ बलमा ८१ रन बनाइन्। उनले १२ चौका र एक छक्का प्रहार गरिन्।

कविताले सजीवन सजनालाई १० रन बनाउँदा एलबीडब्लु धरापमा पारिन्। उनले १२ बलमा मात्रै एक चौका प्रहार गरिन्।

जेमिमाह रोड्रिग्ज २८ र ऋचा घोष ६ रनमा नटआउट रहिन्।

यो समूहबाट भारत समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। युएई जितविहिन बन्दा नेपालले युएईलाई ६ विकेटले हराएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *