लुम्बिनीमा कांग्रेस-एमालेका यी नेता बन्दैछन् मन्त्री

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिँदै छन् । उनले बिहान साढे ८ बजेपछि शपथ लिने तय भएको हो ।

नयाँ सरकार बन्ने भएसँगै सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीहरूको नाम पनि टुंगाएका छन् । एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने पक्का भएको छ ।

कांग्रेसले पनि मन्त्री बन्नेहरूको नाम पनि टुंगो लगाएको छ । कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन्, जसमा बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाइने भएको छ ।

मन्त्रीहरूलाई कुन कुन मन्त्रालय दिने भन्ने टुंगिन बाँकी रहेकाले सबैलाई बिना विभागीय मन्त्रीको शपथ आजै खुवाउने तयारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *