यस्तो देखियो सौर्यको जहाज दुर्घटना पछिको अवस्था (तस्बिरहरू)

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । ९ एन–एएमई सीआरजे–७ विमान बुधबार काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको हो ।

जहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । पाइलट भने बाँच्न सफल भएका छन् ।

पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पाइलट शाक्यको मुख, आँखा लगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । तर उनको अवस्था खतरमुक्त रहेको केएमसी अस्पताल प्रबन्धक नारायण दाहालले मकालुखबरलाई जानकारी दिए ।

मृत्यु भएका १८ जनाकै शव संकलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना स्थल पुगेका थिए ।
प्रधानमन्त्री ओलीले जहाज दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले जहाज दुर्घटनाको कारण बुझ्न घटनास्थल गएको बताएका छन् । उनले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेको बताएका छन् ।

हेर्नूहोस् तस्बिरहरू :

     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *