उद्योग समितिले नियमित बैठकमा उपस्थित नहुने सांसदलाई कडाइ गर्ने

काठमाडौँ । संसदीय समिति बैठकमा सांसदहरू नियमित रुपमा उपस्थित नभएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कडाइ गर्ने भएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको विषयमा तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरेको छ । संसदीय समिति बैठकहरूमा सांसदहरूको उपस्थिति कमी हुने गरेकाले बैठकमा उपस्थिति सार्वजनिक गरी कडाइ गर्न थालेको देखिन्छ ।

बैठकमा समिति सभापति अब्दुल खानले ३७ वटा समिति बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको हो त्यसको तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिए । उनले पछिल्लो समय समितिमा धेरै विधेयकहरूको विषयमा छलफल गर्नुपर्ने भएपनि सांसदहरूको उपस्थिति कमजोर रहेकाले बैठकमा सहभागिता भएको तथ्याङ्क सार्वजनिक गरिने बताए ।

उनले समिति बैठकमा सांसदहरूको सहभागितालाई नियमित गराउनको लागि ३७ बैठकमा कुन सांसद कतिवटा बैठकमा सहभागिता भएको तथ्याङ्क सचिवालयको वेवसाइटमा सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरे ।

उनले भने ‘अहिलेसम्मका समिति बैठकमा कुन सदस्य कति बैठकमा सहभागिता जनाएका छन् त्यसको सूची निकाल्नु प¥यो । उक्त सूचि वेबसाइटमा राख्न समिति सचिवालयलाई निर्देशन दिन्छु । समितिको ३७ वटा बैठक भएको छ । त्यसमा कुन सांंसद कति वटा बैठकमा सहभागिता हुनु भएको छ । त्यो तथ्याङ्क निकाल्नलाई सचिवालयलाई निर्देशन गर्दछु ।’

उनले समिति बैठकहरू सांसदहरूको उपस्थितिलाई सबैले जानकारी पाउने गरी समितिले सार्वजनिक गर्ने निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *