ओमोडाले ‘ओ–फरेस्ट’ योजना सहित देशभर ३ हजार बिरुवा रोप्यो

काठमाडौँ । नेपालमा ओमोडाको लागि आधिकारिक वितरक एस.पि.जि. अटोमोबाइल्स प्रा.लि.लेटि–ट्वान्टि विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सि एस आर) अन्तर्गत ३००० वटा रूख–बिरुवाको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

ओमोडाले यसै अन्तर्गत दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु सामुदायिक वन) सँगको सहकार्यमा ‘ग्रिन नेपाल, ग्रिन फ्युचर’ नाराको साथ ‘ओ–फरेस्ट’ को अवधारणा र योजना ल्याएको हो । डोल्लु सामुदायिक वनमा अवस्थित यही ‘ओ–फरेस्ट’मा डोल्लु समुदाय, देशभरका विद्युतीय गाडी ओमोडाका चालक, पारखी तथा ग्राहकहरूको सहभागितामा ५ श्रावणमा वृक्षारोपण सम्पन्न भएको हो ।

वृक्षारोपण कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

आधुनिक प्रविधि तथा पर्यावरणमैत्री परियोजनाहरू मार्फत वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने ओमोडाको दिगो लक्ष्यमा आधारित यस पहलद्वारा विद्युतीय सवारीको प्रवर्द्धन हुनुका साथै डोल्लु सामुदायिक वनका लागि उचित रूख–बिरुवा पनि रोपिएको छ । यो अभियान दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।

वृक्षारोपण कार्यक्रमले डोल्लु सामुदायिक वनमा रूखको सङ्ख्यामा स्वाभाविक वृद्धि हुनुका साथै त्यहाँ रहेका लोपोन्मुख प्रजातिका वनस्पति
तथा जीवजन्तुको संरक्षण तथा संवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्दछ । एस.पि.जि. अटोमोबाइल्सले वृक्षारोपण कार्यक्रम अन्तर्गत १५०० रूख–बिरुवा दक्षिणकालीमा र इलाममा ‘रेड पान्डा नेटवर्क’सँगको सहकार्यमा रेड पान्डाको आरक्षणका लागि थप १५०० रूख–बिरुवा पनि रोपेको छ ।

एस.पि.जि. अटोमोबाइल्स, यस्तै व्यावहारिक योजना तथा पहलकदमीहरूद्वारा काठमाडौँमा व्याप्त वातावरण प्रदूषणका नकारात्मक असरहरूलाई न्यूनीकरण गर्न आफ्नो भूमिका खेल्दै आइरहेको कम्पनीले जनाएको छ । एस.पि.जि. अटोमोबाइल्स, पर्यावरण प्रवर्द्धन, लोपोन्मुख जीवजन्तु संरक्षण, तथा जलवायु परिवर्तन अनुकूलनको निम्ति एकआपसमा समुदाय वा जुनसुकै निकायसँग सधैँ हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

एसपिजि अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *