भित्र शवको पोस्टमार्टम, शिक्षण अस्पताल बाहिर शोकाकुल आफन्त (तस्बिरहरु)

काठमाडौँ । अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विमान दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम भइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाएका १८ जनाकै शवको पोस्टमार्टम गर्न तीन वटा टोली खटिएका छन् ।

अस्पतालभित्र शवको पोस्टमार्टम भइरहँदा बाहिर भने मृतकका आफन्तहरू शोकमा डुबेका छन् ।

शवको पर्खाइमा अस्पताल परिसरमा मृतकका आफन्तहरू बसिरहेका छन् । उनीहरूका आँखाभरि आँसु देख्न सकिन्छन् ।

बुधवार काठमाडौंबाट पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको जहाज विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो ।

जहाज दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । पाइलट भने बाँच्न सफल भएका छन् । पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

हेर्नुहोस् अस्पताल बाहिरको कारुणिक दृश्य

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *