प्रदेश सरकारका मन्त्री छनोटमा शेखर समूह असन्तुष्ट, सबै प्रदेशमा देउवासँग खोजे सम्मानजनक हिस्सा

प्रदेश सरकारमा मन्त्री छनोटको विषयमा नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएको छ। सभापति शेरबहादुर देउवाले प्रदेश सरकारमा मुख्यमन्त्री र मन्त्रीहरुको छनोट गर्दा आफूसँग सल्लाह नै नगरेको नेता शेखर कोइरालाले बताएका छन्।

यही विषयमा नेता कोइरालाले आफ्नो समूहका नेताहरुसँग मंगलबार छलफल गरेका थिए। बिशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लगायत सहभागी थिए।

छलफलमा उनीहरुले आफ्नो समूहले प्रदेश सरकारमा पाउनु पर्ने हिस्सा खोजेका छन्। कोशीमा २, वाग्मतीमा ३, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना मन्त्री आफ्नो समुहले पाउनु पर्ने उनीहरुको निस्कर्ष छ।

यसका लागि शेखरले देउवासँग कुरा गरिसेका छन्।

बैठक सकिए लगत्तै शेखर कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समुहको धारणा सुनाएका थिए।

तर पार्टी सभापति देउवाले कुनै जवाफ दिएका छैनन्।

सत्ता समीकरण बदलिएसँगै कांग्रेस प्रदेश सरकारमा पनि धमाधम फर्किइरहेको छ। गण्डकी र बागमतीमा आफ्नै नेतृत्वमा सरकार गठन गरेको कांग्रेस मधेस र लुम्बिनीमा पनि सरकारमा सहभागी भइसकेको छ। यस्तै सुदूरपश्चिममा पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने छ। कर्णाली र कोसीमा पनि कांग्रेस सरकारमा जाने छ।

यसका लागि आफ्नो समूहको सम्मानजनक हिस्सा कोइराला समूहले खोजेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *