द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने एक मजदुरको ज्यान गएको छ।
काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएका छन् ।
बुधबार दिउँसो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढका अन्दाजी २७/२८ को विमल थिङको ज्यान गएको र उनीसँगै काम गर्ने तनहुँका अन्दाजी २७/२८ वर्षीय राजु विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
थिङको घटनास्थलमै ज्यान गएको हो। गम्भीर घाइते विकको हेटौँडा–११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *