बाँसवारी जग्गा सरकारको नाममा फिर्ता

काठमाडौंको बाँसवारी छाला जुत्ता कारखाना उद्योगको जग्गा सरकारकै नाममा फिर्ता भएको छ।

हडपेर हाल चाँदबाग स्कुलको नाममा रहेको जग्गा मालपोत कार्यालय डिल्लीबजारले सरकारका नाममा कायम गरेको हो।

कित्ता नम्बर ५८ को ४८७ वर्गमिटर क्षेत्रफलको जग्गाको लालपुर्जा बुधबार सरकारको नाममा कायम गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत माघ २२ गते मालपोत कार्यालयलाई पत्र पठाएर उक्त जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अध्यावधिक गर्न पत्राचार गरेको थियो।

सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँद वाग रेसिडेन्सी प्रालिका संचालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई बोलाएर भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले जग्गा कायम गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *