मन्त्रिपरिषद् बैठक : लिलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त (भिडिओ)

काठमाडौं । सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीवारको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरु पनि नियुक्त गरेको छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *