जसपा र आम जनता पार्टीद्वारा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज शोक विज्ञप्ति जारी गर्दै उक्त विमान दुर्घटना परी मृत्युहुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

विमान दुर्घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुका साथै घाइतेको उपचार र मृतकका परिवारजनलाई क्षतिपूर्ति उपलब्ध गराउन जसपाले सरकार समक्ष माग गरेको छ ।

आम जनता पार्टीले पनि विमान दुर्घटनामा मृत्युभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । सो पाटीले एक विज्ञप्ति जारी गर्दै घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बुधबार विहान काठमाडौँबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाईन एए–एएमइ कलसाइन रहेको चालकदलसहित १९ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग–२ बाट टेकअफ गर्ने बित्तिकै दाँयातर्फ दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते पाइलटको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *