नयाँ चलचित्र ऐन आएपछि ९० प्रतिशत समस्या समाधान हुन्छन् : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले चाहे तत्काल चलचित्र ऐन पास हुनसक्ने बताएका छन् ।

बिहीवार चलचित्र विकास बोर्डमा दुई वर्षे कार्यकाल सकिएको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफूमाथि धेरैले ठूलो अपेक्षा राख्नु स्वभाविक भएपनि बोर्डको अधिकार भन्दा माथि गएर काम गर्न नसकिने बताए ।

उनले आफूले कलाकारका दुःख र समस्या बुझेको भन्दै सिमित अधिकारका कारण चाहे जति पनि काम गर्न नसकेको बताए । उनले चलचित्र ऐन पारित भएर आएपछि ९० प्रतिशत समस्या समाधान हुने बताए ।

अहिले अर्थ मन्त्रालयमा ऐन पुगेको र चाँडै नयाँ चलचित्र ऐन आउने बताए ।

उनले चलचित्र विकास बोर्डलाई सिमित अधिकार हुने भएकाले प्रयास जारी राख्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *