विमान दुर्घटनामा ज्यान गुमाउने प्रति निगमद्वारा श्रद्धाञ्जली प्रकट

काठमाडौँ । नेपाल वायुसेवा निगमले बुधबार काठमाडौँ–पोखरा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्समा परी मृतक हुने १८ जानाप्रति श्रद्धान्जली प्रकट गरेको छ ।

निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धान्जली र मृतकको आफन्तप्रति समवेदना प्रकट गरेको हो ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भई उक्त जहाजमा सवारमध्ये १८ जना मृत्यु र एक जना घाइते भएका थिए । निगमले घाइते भएका चालक दलका सदस्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बुधबार विहान काठमाडौँबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाईन एए–एएमइ कलसाइन रहेको चालकदलसहित १९ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग–२ बाट टेकअफ गर्ने बित्तिकै दाँयातर्फ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी १८ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते पाइलटको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *