नेपालको पहिलो महिला मुख्यसचिव बनिन् लिलादेवी

लीलादेवी गड्तौला नेपालकै पहिलो महिला मुख्यसचिव बनेकी छन्।

यसअघि कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। निजामती क्षेत्रको इतिहासमा २६ जना मुख्यसचिव पुरुष नै थिए। उनले त्यो रेकर्ड ब्रेक गरेकी हुन्।

गड्तौलाले एक महिना मुख्यसचिवका रुपमा काम गर्नेछिन्।

मुख्य सचिव डा. वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा दायरपछि उनी निलम्बनमा छन्। भ्रष्टाचार मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनी निलम्बनमै रहनेछन्।

अर्यालका लागि गत असार १० गते नै राष्ट्रिय योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वरिष्ठताको आधारमा लीलादेवीले यसअघि कामुको जिम्मेवारी पाएकी थिइन्।

२०५२ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी उनी आउँदो भदौ १५ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछिन्।

गड्तौलाले अब ३५ दिन मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *