अल्पमतमा परिसकेका मुख्यमन्त्री सोडारीले गरे मन्त्रीमण्डल हेरफेर
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले मन्त्रीमण्डल हेरफेर गरेका छन्। प्रदेशमा अल्पमतमा रहेका मुख्यमन्त्री सोडारीले बिहिबार चौथो पटक मन्त्रीमण्डल हेरफेर गरेका हुन्।
बैशाख ६ गते मुख्यमन्त्रीमा नियूक्त भएका सोडारीले वैशाख १८ गते, जेठ २८ गते, असार १६ गते र साउन १० गते ९आज० प्रदेश सरकारको मौजुदा मन्त्रीपरिषका अनुसार कार्यविभाजन र जिम्मेवारी हेरफेर गरेको जनाइएको छ।
नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएसंगै रिक्त रहेको ती मन्त्रालयमा एकीकृत समाजवादी र नेकपा माओवादीका प्रदेश सभा सदस्यलाई जिम्मेवारी दिइएको छ।
एकीकृत समाजबादी पार्टीका अक्कलबहादुर रावललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् भने आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रकी प्रदेश सभा सदस्य लक्ष्मी विकलाई दिइएको छ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्री कैलाश चौधरी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापा, सामाजिक विकास मन्त्री ओमविक्रम भाट र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया पन्त छिन्।