सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छः मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएका छन्। नेपाल इण्डिया चेम्बर अफ कमर्शले आज मन्त्रालयमा गरेको भेटका क्रममा उनले सरकारले ऊर्जा क्षेत्रलाई अगाडि बढाउन निजी क्षेत्रको साथ  लिएर अगाडि बढ्ने बताए।
“आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सम्झौता भए पनि सोभन्दा बढी बिक्री गर्ने लक्ष्य सरकारले लिएको छ”,  मन्त्री खड्काले भने।
उनले ऊर्जा क्षेत्रको विस्तारका लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणमा सरकारले ध्यान दिएको उल्लेख गरे।
“ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिँचाइको पूर्वाधार विस्तार गरी कृषि उत्पादन बढाउने र विद्युत् उत्पादन गरी विदेशमा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति लिएको छ”,  उनले भने।
नेपाल इण्डिया चेम्बर अफ कमर्शकी अध्यक्ष सिर्जना राणाले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न तयार रहेको बताए। अध्यक्ष राणाले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा सम्मेलन गरेर अगाडि बढ्नसमेत मन्त्रीसमक्ष आग्रह गरे।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *