कीर्तिपुरका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा वीर अस्पतालमा मेयर नकर्मीको बिहीबार राति करिब १० बजेर ४० मिनेट जादा निधन भएको हो ।

उपमेयर शुभलक्ष्मी शाक्यकाअनुसार मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । लामो समयदेखि डायलसिस गराउँदै आउनु भएको थियो,’ उपमेयर शाक्यले भनिन्, ‘पछिल्लो १ महिनायता समस्या अलि बल्झिएको हो ।’

श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परीसरमा मेयर नकर्मीको पार्थिव शरीर राखिनेछ । नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । वामपन्थीहरूको लालाकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा पहिलो पटक एमाले ‘क्लिन स्विप’ भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *