टीआरसीमा सहमति जुटाउन कार्यदलको बैठक जारी

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक आज बिहान सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा सुरु भएको हो ।

बैठकमा नेपाली काँग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री रमेश लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्र को तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् । बैठकमा टिआरसी विधेयक सम्बन्धी सहमति हुन बाँकी बुँदाहरूमा छलफल गरी टुङ्ग्याइने बताइएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ ।

दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरु भएपनि निष्कर्षमा पुगिसकेको छैन । साथै पीडितको स्वतन्त्र सहमतिका बारेमा निष्कर्ष निस्कन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *