लक्ष्मी सन्राइजको ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ सार्वजनिक (भिडिओ)
काठमाडौँ । लक्ष्मी सन्राइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक साना देखी ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्साएको छ ।
खुत्रुके देखी समुन्नति सम्मको यात्रा
फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ । उनले जम्मा गरेको जस्तै स–साना बचत मिसिएर जलविद्युतजस्ता ठुला परियोजनाहरूमा लगानी भई कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँदछ । लक्ष्मी सन्राइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्धितर्फ अघि बढाउँछ भनेर उक्त दृश्यले देखाएको छ ।
सफलताको गाथा बुन्दै
बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठुला परियोजना मात्र नभई साना परियोजनाहरूलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरू प्रवाह गर्दछ । यस्ता कर्जाहरूले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरू पनि यस फिल्ममा समेटिएको छ ।
साझा समृद्धिको उत्सव मनाउँदै
यस फिल्म मार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ–कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरूको प्रवर्द्धनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ र बचत गर्ने बैंकका ग्राहकहरू नै देशको समृद्धिको सारथी भएको कुरा प्रतीत गराइएको छ ।
तसर्थ, यस फिल्मले बचत तथा बैँकिङलाई साझा समृद्धितर्फको यात्राको रूपमा पुनः परिभाषित गर्ने लक्ष्मी सन्राइजको प्रतिबद्धतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ ।
हेर्नुहोस् ब्रान्ड फिल्म :