सन्दीप लामिछानेविरुद्ध मुद्दा अघि नबढाउन भन्दै ‘गौशाला २६’ ले दिइन निवेदन

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन भन्दै पीडित गौशाला २६ले निवेदन दर्ता गरेकी छन् ।

गौशाला २६ ले क्रिकेटर लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन निवेदनमा माग गरेकी हुन् ।

उनले उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर निवेदनसँगै आफ्नो नागरिकताको सक्कलै प्रति पनि बुझाएकी छन् ।

उच्च अदालत पाटनले गौशाला २६को जाहेरीपछि दर्ता भएको मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो । उक्त मुद्दाको पूर्णपाठ तयार भएर मंगलबारमात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो । बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् ।

उनले यस मुद्दाका कारण आफू धेरै मानसिक तनाव र सामाजिक रूपमा समेत अप्ठ्यारो भन्दै थप अगाडी नबढाउन भनेर निवेदन दिएको  उच्च सरकारी वकिल कार्यालयका प्रमुख शङ्कर खत्रीले पुष्टि गरे ।

उनले अब आफ्नो अध्ययनमा मात्र केन्द्रित हुन चाहेको बताएकी छन् ।

लामिछानेसँगको भेटदेखि हालसम्म आइपुग्दा असह्य पीडा भागेको भन्दै उनले समाजबाट पनि धेरै कुरा सिकेको बताएकी छन् । उनले अब आफू कुनै दबाब थेग्न नसक्ने अवस्थामा पुगेको बताएकी छन् । उनले आफ्नो सक्कल नागरिकता पनि पेस गरेकाले सोही अनुरूप निर्णय गरिदिन आग्रह गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *