ज्योति विकास बैंकद्वारा ‘ज्योतिज गट ट्यालेन्ट’ को प्रथम संस्करण आयोजना

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिज गट ट्यालेन्ट’ को पहिलो संस्करण आयोजना गरेको छ । रचनात्मकता र सृजनात्मकताको अनन्त सम्भावनाहरूलाई उजागर गर्ने तथा बहुप्रतीभाका प्रतिमूर्तिहरूलाई सम्मान गर्ने उद्देश्यले बैंकका देशभरिका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरूको सहभागितामा बैंकको १६औं वार्षिकोत्सवको
अवसरमा उक्त कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

‘Jyoti’s Got Talent 2024’ मा कर्मचारीहरूको लागि ‘नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला र कविता’ गरि पाँच विधा राखिएको थियो भने बालबालिकाहरूका लागि ‘नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला, जादु, हस्तलेखन, र कविता’ गरि सात विधाहरू समावेश गरिएको थियो, जसमा प्रतियोगीहरूको सक्रिय सहभागिता रहेको बैंकले जनाएको छ ।

उक्त खुला आन्तरिक प्रतिस्पर्धात्मक प्रतियोगिताका विजेताहरू मिति २०८१ साल श्रावण ०९ गते बुधवार, बैंकको १६औं वार्षिकोत्सव समारोहको अवसरमा घोषणा गरिएको थियो । विजेताहरूलाई बैंकका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालद्वारा बधाई ज्ञापन गरेका थिए ।

यस कार्यक्रममार्फत, बैंकले कर्मचारीहरूको रचनात्मक सिप प्रवर्द्धन, आत्मविश्वासको अभिवृद्धि, र बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने
अवसर प्रदान गर्दै प्रतिभा उजागर गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ। यो कार्यक्रमले बहुप्रतिभाले सुसज्जित कर्मचारी र उनीहरूको बालबालिकाको प्रतिभाको प्रस्फुटन हुने उचित अवसर प्रदान गरेको छ । बैंकिङ्ग सिपका अलावा, बैंकका कर्मचारी वर्गमा रहेका अन्य विशिष्ट सिपलाई उजागर गर्ने र प्रोत्साहन गर्ने अवसरको रूपमा यो प्रतियोगिता आयोजना गरिएको हो ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम
मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *