सौर्य जहाज दुर्घटना : १८ जनाकै पोस्टमार्टम सकियो, शव आफन्तलाई बुझाउन सुरु

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ शवको पोस्टमार्टम सकिएको छ ।

पोस्टमार्टम सकिएसँगै शवहरू आफन्तलाई जिम्मा लगाउन थालिएको छ । त्रिवि शिक्षण अस्पतालबाट हालसम्म ४ वटा शव आफन्तलाई जिम्मा लगाइएको छ ।

को–पाइलट सुशान्त कटुवाल, राजाराम आचार्य, अस्विन निरौला र श्याम बिन्दुकरको शव आफन्तले बुझेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ ।

गत बुधवार सौर्यको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । जहाजका क्याप्टेन मनीषरत्न शाक्य भने दुर्घटनामा बाँच्न सफल भएका छन् ।

उनको काठमाडौं मेडिकल कलेजमा जारी छ । उनको अवस्था खतरामुक्त रहेको केएमसी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *