सौर्य एयरलाइन्स दुर्घटना : शुक्रबार को–पाइलटसहित ५ वटा शव बुझाइयो आफन्तलाई

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये शुक्रबार पाँच शव आफन्तलाई बुझाइएको छ। त्रिवि शिक्षण अस्पतालमा दुर्घटनामा परेका सबैको पोष्टमार्टम सकिएपछि शव बुझाउन थालिएको हो।

अस्पतालका अनुसार अहिलेसम्म को–पाईलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, श्याम विन्दुकर र राजाराम आचार्यको शव आफन्तलाई बुझाइएको छ।

बाकीको शव भने शनिबार बुझाइने तयारी छ। तर कतिपय आफन्तले भने आर्थिक सहायता र बिमा रकमको विषयलाई लिएर शव बुझ्न मानेका छैनन्।

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । चालक भने घाइते भएका छन्। उनको काठमाडौं मेडिकल अलजेमा उपचार भइरहेको छ। उनको अवस्था सुधारोन्मुख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *