बागमतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका ४ मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेश सरकारले शनिबार पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसको तर्फबाट ४ जना मन्त्री थपेका हुन् ।

उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराएको छन् ।

विस्तारित मन्त्रिपरिषद्अनुसार हरिप्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय, सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमल ठकुरी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय तथा मीनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कांग्रेसका मन्त्रीहरुको जिम्मेवारी समेत तोकिएको छ । युवा नेता कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय र श्याम खड्काले खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिए छ ।

यो सँगै बागमतीमा मन्त्रीको सङ्ख्या १४ पुगेको छ । बागमतीमा कांग्रेसका सांसद मधुकुमार श्रेष्ठ विनाविभागीय मन्त्रीको रुपमा रहेका छन् । बागमतीमा १३ मन्त्रालय छन्। अब एउटा मन्त्रालय विभाजन हुनेछ ।

केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेशमा कांग्रेस र एमालेले सत्ता सहकार्य भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *