ओली सरकारले भुटानी शरणार्थी र गिरीबन्धुको फाइल खोल्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानूनअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच भएको सात बुँदे समझदारी अनियमितताको अन्त्यका निम्ति भएको बताए ।

उनले इमान्दारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्ने बताए । उनले अनियमिततामा संलग्न जो सुकैलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

‘जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानूनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्छ, सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ, यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नुहुँदैन,’ महामन्त्री शर्माले भने ।

संविधानमा नागरिकको ३१ वटा मौलिक हक उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताए ।

उनले त्यसको कार्यान्वयनका लागि काम गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *