युवक मृत्यु प्रकरण

धनगढीको नोभा अस्पतालमा ढुंगामुढा, प्रहरीद्वारा ६ राउण्ड अश्रुग्याँस प्रहार

काठमाडौं । धनगढीको नोभा अस्पताल तोडफोड भएको छ । कञ्चनपुरको बेलौरीका १७ वर्षीय युवक नसिब चौधरी मृत्यु प्रकरणले उग्र रूप लिएपछि अस्पतालमा तोडफोड भएको हो ।

जन्डिसको बिरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका नसिब चौधरीको शुक्रवार अपराह्न मृत्यु भएको थियो ।

मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरबाही गरेकाले उनीमाथि कारबाहीको माग गरेका छन् ।

मृतकका आफन्तहरूले चिकित्सकलाई कारबाही र क्षतिपूर्ति माग गर्दै अस्पतालमा तोडफोड गरेका हुन् ।

आक्रोशित पीडितका आफन्तहरूले धनगढीको नोभा अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले ६ राउण्ड अश्रु ग्यास हानेको छ ।

कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले अस्पतालमा ढुंगामुढा गरिसकेका बेला प्रहरीले छेकेपछि प्रहरीमाथि नै ढुंगामुढा गरेकाले बाध्य भएर अश्रुग्याँस हानेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *