काँग्रेस–एमालेले जनताको अधिकार खोस्न खोजे सडकमा पलेटी कसेर बस्छौं : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

संविधान संशोधन गरेर सत्तारुढ काँग्रेस एमालेले जनताको अधिकार खोस्ने दुःशाहस गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई सफल हुन नदिने बताए । उनले फेरि सडकमा पलेटी कसेर जन दबाब सृजना गर्न बाध्य हुने चेतावनी दिए ।

‘हाम्रो बिरोध संविधान संशोधनको नाममा प्रतिगमनतिर नेपाली जनतालाई निकै ठूलो त्याग र बलिदान गरेर प्राप्त गरेको अधिकार खोस्ने जो दुःशाहस हुँदैछ । हाम्रो त्यहाँ बिरोध हो । हामी कुनैपनि हालतमा त्यसो गर्न दिने छैनौं,’उनले भने,‘हामी फेरि जरुरी पर्छ भने सडकमा पलेटी कसेर भएपनि जनताको साथमा बसेर भएपनि तिनीहरुको त्यो दुःष्प्रयास सफल हुन दिने छैनौं भनेको हो हामीले । त्यसकारण संविधान संशोधनको सैद्धान्तिक विरोध होइन । संविधान सभाबाट बनेको यो संविधानको मूलभूत विशेषता के हो भने यो देशले परिवर्तनलाई आत्मासात गरेको छ ।’

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै जनताको अधिकार कटौति गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यस बिरुद्ध संघर्ष गर्ने बताए ।

दुई वटा ठूला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने खालको भएको जिकिर गरे ।

‘अहिले पनि के स्पष्ट छ भने संसदको पहिलो र दोस्रो पार्टी मिल्नेकुरा सामान्य त त्यो स्वभाविक मानिँदैन । कथित संसदीय लोकतन्त्रमा त झन मानिँदैन,’उनले भने,‘तर अहिले त्यो अभ्यास गर्न खोजिँदैछ । दुई दलीय सिष्टममा लैजाने उद्देश्यका साथ सो काम हुँदैछ ।’

उनले त्यस्ता खालका गतिविधि स्वीकार्य नहुने पनि बताए । अध्यक्ष दाहालले ठूला दुई दलले थ्रेस होल्ड बढाएर साना दलहरुलाई निष्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाए ।

अध्यक्ष दाहालले सबै कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयासलाई पनि अघि बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *