‘रेडक्रस सोसाइटीका पदाधिकारीमा रहेको समस्या चाँडै समाधान गर्छौं’

काठमाडौं । वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले नेपाल रेडक्रस सोसाइटीको कन्द्रिय पदाधिकारीमा भएको समस्या चाँडै समाधान गर्ने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय रक्तसञ्चार केन्द्रको ५९ औं स्थापना दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले दैविक विपत्ति भएका क्षेत्रमा सबैभन्दा पहिला सहयोगका लागि रेडक्रस नै पुग्ने गरेको भन्दै रेडक्रसले अझै थप सेवा बिस्तार गर्दै लैजान आवश्यक रहेको बताए । उनले नेपाल रेडक्रस अन्तर्राष्ट्रिय स्तरको संस्था भएको उल्लेख गर्दै पदाधिकारीहरुबीच भएको विवादले छवि धमिलिएको बताए ।

उनले गुमेको रेडक्रसको छविलाई नयाँ तरिकाबाट फर्काउने गरी काम गर्नुपर्ने बताए । उनले आफ्नो ठाउँबाट नेपाल रेडक्रसको विकासका लागि सकेको सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले २०२३ सालदेखि रक्तदान सेवा देशव्यापी रुपमासञ्चालन गर्दै आइरहेको बताए ।

उनले १२० भन्दा बढी रक्तसञ्चार केन्द्रमार्फत रेडक्रसले मानव जीवनमा रक्त सेवा पु¥याइरहेको बताउनु भयो । उहाँले रक्तदानका लागि सबै जुट्न पनि आग्रह गरे ।

उनले भने– ‘नेपाल रेडक्रस सोसाइटीले २०२३ सालदेखि यो रक्तदान सेवामा हामी देशव्यापी रुपमा संलग्न छौँ । १२० भन्दा बढी रक्तसञ्चार केन्द्रमार्फत हामीले मानव जीवनमा रक्त सेवा पु¥याइरहेका छौँ । निरन्तर यो अभियानमा सहकार्यमा जुट्न आग्रह गर्न चाहन्छु ।’

महामन्त्री श्रेष्ठले समुदायमा नेपाल रेडक्रस सोसाइटीले आफ्नो विधानअनुसार रक्तदान सेवा आवश्यकताअनुसार सबैसँग सहकार्य गरी पु¥याइरहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *