निर्माण उद्योग परिषद्ले भन्यो– मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खुल्यो
नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरु खोलेको बताएको छ । शक्रुवार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१र०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव रामशरण देउजाले यस्तो बताएका हुन् ।
उनले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पार्ने प्रभाव र सम्बोधन सकारात्मक हुनेमा आफूहरु विश्वस्त रहेको बताए । महासचिव देउजाले संकटको डिलमा पुगिसकेको परिस्थिति गहन अध्ययन गरेर मौद्रिक नीति आएको बताए । उनले विदेशी ऋणहरु क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा राष्ट्र बैंक गम्भीर रहेको पाएको पनि बताए ।
बजारमा पैसा पुर्याउने सरकारको पहिलो माध्यम निर्माण क्षेत्र रहेको भन्दै महासचिव देउजाले पैसा बजारमा जान बन्द भएको अवस्थामा अहिलेको अवस्थालाई बुझेर समस्या समाधान गर्नेगरी मौद्रिक नीति आएको बताए । उनले मौद्रिक नीतिले व्यवसायीहरु बाहिर निस्किने वातावरण सिर्जना गरेको उल्लेख गरे ।
उनले मौद्रिक नीतिले निर्माण व्यवसायीहरुले उठाएका धेरै मागहरु सम्बोधन गरेको बताए । राष्ट्र बैंकबाट जारी हुने निर्देशिकाहरुमा चनाखो हुनुपर्ने आवश्यकता रहेको बताउँदै यस्तै निर्देशिका आए निर्माण क्षेत्रमा भएको संकुचन फुक्ने बताए । मौद्रिक नीतिको कार्यान्वयन हुनेमा आफूहरु विश्वस्त रहेको पनि बताए ।