केराबारीस्थित त्रिशूलीमा बसजस्तै बस्तु देखियो, यकिन गरिँदै

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित केराबारीमा बसजस्तै आकृतिको बस्तु देखिएको छ । त्रिशूलीको बिच भागमा देखिएको बस्तु यकिन गर्न गोताखोरलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले  बताए ।

असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका थिए । दुवै बसको अवस्था अहिलेसम्म अज्ञात छ । बसमा सवार २४ जनाको शव भेटिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बस त्रिशूलीमा खसेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *