कृष्णमान प्रधानबारे निर्णय गर्न आइतबार संसदीय सुनुवाइ समितिको बैठक

निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ।

आइतबार बिहान ११ बजे बस्नेगरी समितिको बैठक बोलाइएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्नेछ।

असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।

त्यसपछि उनीमाथि उजुरी आह्वान गर्दा एक महिलाले आफू प्रधानबाट यौन शोषणमा परेको उजुरी दिएकी छन्।

सोही उजुरीको कारण उनको नियुक्ती अन्यौलमा परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *