ग्लोबल बैंकका कार्डवाहकलाई र्याडिसन होटल, काठमाडौँमा १५ प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलीप पोखरेल र र्याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरूले र्याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकका ग्राहकहरूले र्याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै ¥याडिसन होटल काठमाडौँले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरूबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउने छन् ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।