वाग्मतीका मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने
मकालु खबर
२०८१ साउन १३ गते
वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले साउन १५ गते मंगलबार विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिन मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्।
सचिवालयका सचिव पूर्णबहादुर दर्जीले दिएको जानकारी अनुसार प्रदेशसभाको बैठक मंगलबार दिउँसो ३ बजेका लागि आह्वान भएको छ ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । लामा साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।
मकालु खबर
२०८१ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित