फ्रि हेल्थ चेकअप क्याम्प गर्दै सीएफमोटो, उपत्यका बाहिर मनसुन सर्भिस क्याम्प
काठमाडौँ । सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सीएफमोटो फ्रि हेल्थ चेकअप क्याम्पको शुभारम्भ गरेको छ । हरेक शुक्रवार र शनिवार गरिने सो क्याम्पका बारेमा काठमाडौं उपत्यकाका भाटभटेनी सुपर मार्केटमा राखिने स्टलमार्फत जानकारी प्रदान गरिने छ ।
सो अवसरमा कम्पनीबाट खटाइएका कर्मचारीहरूले आवश्यक जानकारी प्रदान गर्ने र थप जानकारी लिन चाहने ग्राहकलाई नजिकैको सर्भिस सेन्टरको विस्तृत जानकारी दिँदै सहज वातावरणमा सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।
सो क्याम्पमा सीएफमोटो चढ्ने ग्राहकले आफ्नो बाइकको फ्रि चेकअप गराई फ्रि वासिङ समेत गराउन सक्नेछन् ।
साउन ११ र १२ गते राधेराधे र चुच्चेपाटी, साउन १८ र १९ गते कोटेश्वर र महाराजगञ्ज तथा साउन २५ र २६ गते सातदोबाटो र गोंगबुुस्थित बीजी मलको भाटभटेनी सुपर मार्केटमा स्टल सञ्चालन हुनेछ । यद्यपि फ्रि हेल्थ चेकअप क्याम्प भने महिनाभर नै सबै सर्भिस सेन्टरमा सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं उपत्यका बाहिर समेत सीएफमोटो मनसुन सर्भिस क्याम्प हुुँदैछ । यस अनुसार साउन १३ देखि १५ सम्म बुटवलको बागमती मोटरसाइकल सेन्टर, साउन २० देखि २२ सम्म बिर्तामोडको चारपानेस्थित महालक्ष्मी इन्टरनेसनल र साउन २७ देखि २९ सम्म पोखराको नोरिन मोटरसाइकलमा सो क्याम्प हुनेछ ।
कम्पनीका अनुसार सर्भिस क्याम्पमा फ्रि वासका साथै स्पेयर पार्ट्समा १० प्रतिशत, इन्जिन आयलमा ५ प्रतिशत र लेबल चार्जमा ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।