हैजा र डेंगुका विषयमा १३ चाखलाग्दा जिज्ञासा र उत्तर (भिडिओ)

बर्खामा उच्चजोखिम मानिने हैजा र डेंगुको संक्रमण एकसाथ बढ्न थालेको छ । झाडापखालाको लक्षणसहित हैजाका शंकास्पद बिरामी बढ्न थालेका छन् भने डेंगु पनि फैलिन थालेको हो । हैजा र डेंगुको रोकथाम र निमन्त्रणमा समयमै सजकता नअपनाए यसले ठूलो रूप दिनसक्ने जनस्वास्थ्यविद्हरूको चेतावनी छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन वर्षाका कारणले विभिन्न ठाउँमा ढल मिसिएर पानी दूषित बन्दा सरुवा रोग फैलिनसक्ने बताउँछन् । प्रस्तुत छ हैजा र डेंगु के हो  ? र यसबाट बच्ने उपायबारे डा. पुनसँग गरिएको कुराकानीको सम्पादित अंश :-

अहिले आम रूपमा देखिएको भाइरल ज्वरो छ यो कस्तो ज्वरो हो? 
भाइरल ज्वरो भनेको आफैले यसलाई के सङ्केत गरेको भन्न सकिँदैन एक शब्दमा भन्नु पर्दा भाइरल ज्वरो भाइरसको सङ्क्रमणले हुने ज्वरो भन्ने बुझिन्छ । तर आम मानिसले यसलाई रुघा खोकिलाई पनि भन्ने गरेको पाइन्छ । यदि त्यो हो भने इन्झ्लेन्जा फ्लुलाई संकेत गर्न खोजिएको हो । रुघाको केही दिन अघि बढी रहेको पाउन सकिन्छ ।

भाइरल ज्वरो र डेंगी पनि भएको छ अहिले समाजमा यो दुईवटा लाई कसरी छुट्टाउन सकिन्छ ?
यसको सबै भन्दा सजिलो तरिका पनि रहेको छ डेंगी भनेको दुखाइको पर्यायवाची शब्द पनि भन्ने गर्दछु । दुखाई र डेंगी यो दुइटा नै एकै प्रकारले हुन्छ । यो अवस्थामा कसैले मेरो जीउ हड्डि भाँचिएको जस्तो गरी दुख्छ भन्छन् भने डेंगी हुन सक्ने बढी सम्भावना हुन्छ । त्यसै गरी कसैले घाँटी खसखस गरिरहेको छ खोकी पनि लागि रहेको छ भने ज्वरो पनि आइरहेको छ भने यो भाइरल ज्वरो अथवा इन्फ्लोन्जीया पनि भन्ने गछौं । यसरी नै हामी दुवै रोगलाई छुट्याउन सक्छौँ होइन भने धेरै जसो सरुवा रोगहरू लगभग उस्तै उस्तै हुन्छन् ज्वरो आउने जीउ दुख्ने जस्ता । त्यसै गरी असाध्यै धेरै जीउ दुख्छ भने धेरै दुखाई भएमा डेंगी हुने सम्भावना हुने भयो, खोकी लागेको छ भने घाँटी खस खस गर्छ भने स्वरहरूमा परिवर्तन आएको छ भने यो भाइरल ज्वरो वा फ्लु रुघाखोकी भन्ने गरिन्छ ।

डेंगुका लक्षणहरू के के हुन्छन् ?
धेरै ज्वरो आउने, जीउ धेरै दुख्ने, मांसपेशीहरू दुख्ने, आँखाको गेडी खस्ला जस्तो हुने, स–साना बिमिराहरू देखिन सक्छ, खान मन नलाग्ने जस्ता समस्याहरू देखिन्छन् ।

डेंगी लागेको समयमा के गर्नु हुन्छ के गर्नु हुँदैन ? 
गर्नै नहुने भनेको सबै भन्दा पहिला जथाभाबी औषधी खानु हुँदैन, यो केही दिन सम्म समस्या आउँछ र पछि गएर आफै राम्रो भएर जान्छ । अर्को विशेष गरी भन्नु पर्दा पेन किल्लर भनिन्छ त्यो जथाभाबी खानु भएन, समाजमा धेरै जसोले फ्लेक्सन, ब्रोफेन, एस्पिरन यस्ता खालका दुखाई कम गर्ने औषधी खाने गरिन्छ यो जथाभाबी खानु हुँदैन । चिकित्सकको परामर्शअनुसार पारासिटामोल खानु पर्छ ।
भाइरल इन्फेक्सन भएको कारण खान हुने कुरा मध्य हामीले झोलिलो पदार्थ धेरै खानु पर्दछ र आरामको धेरै महत्त्व रहेको छ ।

डेंगी भाइरल ज्वरो हैजाहरू अरू सरुवा रोगहरू कुन उमेरका समूहहरूमा बढी लाग्ने र जोखिम हुने गर्दछ ?
सरुवा रोगहरू धेरै जसो ज्येष्ठ नागरिक, दीर्घ रोगीहरू, बालबालिका, गर्भवती महिलाहरू र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई बढी लाग्ने गर्दछ । अरू व्यक्तिहरूलाई पनि नलाग्ने भन्ने हुँदैन तर यस्ता खालका व्यक्तिहरूलाई भने बढी लाग्ने सम्भावना भएकोले यस्ता व्यक्तिले बढी सतर्कता अपनाउनु पर्दछ ।

डेंगी भएको बेला मेवाको पात खायो भने निको हुन्छ भन्ने गाउँघरमा चलन छ यो खानु कत्तीको ठिक हो? अर्थात् हामीले यस्तो बेला कुन कुरा खानु हुन्छ र खानु हुँदैन ?
कुनै पनि चिजहरू समुदायमा कसैको सुझावमा खादै हुनुहुन्छ भने सो विषयसँग सम्बन्धित विज्ञहरूसँग सल्लाह लिनुहोला । उदाहरणको लागि मानौँ हाम्रो एलोपेथिक वा मोडन जमनामा मेवाको पात खाँदा निको हुन्छ भन्ने त छैन तर यदि वैकल्पिक औषधीहरू पनि छ यसले राम्रो गर्छ खानु मिल्छ भन्यो भने आफैले होइन विज्ञहरूको सल्लाह अनुसार कतिमात्र, कहिले खाने, कसरी खाने सल्लाह अनुसार खानु पर्दछ ।

तर हामीले मोडनमेडिसियन अनुसार मेवाकै पात खानु भन्ने गरिँदैन । पहिला पहिला मानिसहरूले यो भन्दा २ वर्ष अगाडि काठमाडौँमा ठुलो आपत्ति भएको थियो त्यो बेलामा मानिसहरूले व्यापक रूपमा मेवाको पात त खाए त्यति वेला कसैलाई राम्रो गर्‍यो वा गरेन त्यो आफ्नो ठाउँमा छ । तर जुन तरिकाले उनीहरूले खानु हुन्थ्यो मिचेर जुस बनाएर दिनमा ३–४ पटक खाने गर्नु हुन्थ्यो यसले गर्दा मानिसहरू वेहोस् भएर, किड्नीमा असर परेको विभिन्न अस्पताल गएको अनुभव छ । त्यसैले गर्दा यो प्रक्रिया हाम्रो मेडिकलको रूपमा पर्दैन । यदि यसले काम गर्दो रहेछ भने यस सम्बन्धी ज्ञान भएकाहरूसँग कुन बेला कति टाइममा र कसरी खाने भन्ने कुराको जानकारी विना नखानु हुन मेरो सुझाव रहेको छ ।

डेंगी लाग्नुको मुख्य कारण के हो? 
डेंगी भाइरस यो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसको चार प्रकार हुन्छन् र यो नेपालमा पनि चार वटा नै छन् । जसलाई हामी डेंगी १, डेंगी २, डेंगी ३, डेंगी ४, भन्ने गर्छौं । डेंगीको टाइप मध्यमा डेंगी १ ले कुनै समयमा सङ्क्रमित गरेको रहेछ भने एक बाहेक २,३,४ ले पुन सङ्क्रमित गर्‍यो भने त्यो अघिल्लो समयको सङ्क्रमणको अवस्था भन्दा कडा हुन्छ भन्ने गरिन्छ । तसर्थ, हाम्रो लागि आगामी वर्षहरूमा पनि त्यही कारणले चुनौती पर्ने छ भन्ने गरिन्छ । यसमा हामीले गर्न नसक्ने भनेको लामखुट्टेको नियन्त्रण नै हो । अहिले पनि डेंगी देखि रहेको छ तर अहिले कसैले लामखुट्टे नियन्त्रण गर्न खासै चासो दिएको छैन ।

डेंगीबाट कसरी बच्ने?
डेंगीबाट बच्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । लामखुट्टेबाट बच्नु भनेको लामखुट्टेको वृद्धि विकाश हुने ठाउँहरूलाई नष्ट गर्नु हो । त्यो भनेको खाल्टा खुल्टीहरु, फालिएका गाडीका टायरहरू, प्लास्टिकहरू नियन्त्रण गर्नु पर्दछ । यो गर्नको लागि एक जना मात्र भएर पनि हुँदैन यसकोलागि जनता र सरकार दुवै मिलेर गर्नु पर्दछ । विशेष गरी स्थानीय सरकारले बढी मात्रमा सक्रिय भएर यसको नियन्त्रण गरिन सकिन्छ । किनभने यसको बारेमा धेरै जसो आफ्नो वरपर के हुँदैछ कस्तो भन्ने कुराको बढिमात्रामा स्थानीय सरकारलाई थाहा हुने गर्दछ । प्रदेश, केन्द्र सरकारहरूले पनि विज्ञको सहायता लिएर, आर्थिक रूपमा सर्पोट गरेर मद्दत गर्दा राम्रो हुन्छ । समग्रमा सबै जना मिलेर यसको अभियानको रूपमा लाग्नु पर्दछ । यसले गर्दा डेंगीबाट बच्न सकिन्छ ।

पछिल्लो पटक ललित पुरमा र कैलालीमा हैजा देखिएको छ, यसलाई यहाँले कसरी लिनु हुन्छ ?
जब त्यतिबेला बाढी पहिरो आयो त्यति बेला हाम्रो लागि ठुलो चुनौतीको कुरा पनि भएको थियो स्वास्थ्यमा ठुलो चुनौती आएको थियो हैजा, झाडापखाला लाग्ने, ज्वरो निम्त्याउने खालका विभिन्न चुनौती पूर्ण रोगहरू आएका थिए । यसैक्रमले गर्दा दुर्भाग्यवश यो रोगहरू पुष्टि भएको देखिन्छ । यो धेरै मात्रमा फैलिरहेको अवस्था पनि रहेको छ । सबैमा यो कडा हुन्छ भन्ने हुँदैन दश जना मध्यमा एक वा दुई मानिसहरूमा बढी कडा हुने गरेको यो तथ्याङ्कले देखाउँछ । यो कडा मात्रमा भएको बेला समयमै उपचार पाएन भने सो व्यक्तिको मृत्यु हुन सक्ने सम्भावना हुन्छ त्यसैले यसलाई एकदमै कडाको रूपमा पनि लिइन्छ, राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय रूपमा पनि लिइन्छ । हैजाले गर्दा बर्सेनि मृत्युको मुखमा पु-याइ रहेको छ । यसले गर्दा हैजालाई हेलचक्राई गर्नु हुँदैन ।

हैजा भनेको केहो ? र यसका लक्षणहरू के-के हुन् ? 
हैजा ब्याक्टेरिया हो । एक प्रकारको भिवीरो कलेरीया नामक हो यो पानी, खाने कुराहरूबाट सर्ने गर्छ विशेष गरी त्यहाँ हैजाको सङ्क्रमण भएमा र राम्रा सँग नपकाएका खानेकुरा वा पानी शुद्धीकरण नगरिएको पानी पिउँदा हुन्छ । विषेशत: ढल र खाने पानी को व्यवस्थामा पनि कमजोरी छ । जसले गर्दा ढलका पानीहरू खाने पानीमा मिसिन जान्छ यस्ता पानीहरू पिउनाले पनि हैजा लाग्ने गर्दछ । हामीले चाहँदा नचाहँदै व्यस्तको कारणले होस् वा जुनसुकै कारणले गर्दा पानीलाई शुद्धि करण त्यति ध्यान नदिँदा हैजा फैलने गर्छ । पछिल्लो समयमा बजारमा पाइने खाने पानीबाट पनि हैजा फैलिएको देखिएको छ । फिकल कलिफमहरु भेटिएको भन्ने गरिएको छ । त्यो भनेको दिसा मिश्रित पानी हो । त्यो तपाई हामीले पिइरहेका रहेछौ भन्ने पनि परीक्षणबाट पुष्टि भएको छ । यसले गर्दा जारका पानी र अन्य पानीहरू पिउँदा त्यसमा विशेष सतर्कता अपनाउनु पर्दछ । सामान्यतया हैजाका बिरामीहरू २० देखि ४० वर्ष बीचका व्यक्तिहरूमा धेरै लागिरहेको देखिन्छ । २ वर्ष अगाडि टेकुमा पनि भर्ना भएका थिए उनीहरू पनि युवा नै थिए । सामान्य तथा परिवारका सदस्यहरू बढी सक्रिय हुने भए बाहिर खाने गर्दछन् यसले गर्दा उनीहरू सङ्क्रमित त हुने भए तर कीटाणुहरू घर सम्म आइपुग्यो भने बालबालिका, जेष्टनागरिक, दीर्घ रोगी, गर्भवती महिला र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू सम्म यो रोग पुग्यो भने उनीहरूमा छिटो समस्या ग्रस्त ल्याउन सक्दछ अथवा कडा खालको हैजा हुने गर्दछ र केही घण्टमै उपचार गरिएन भने मृत्यु हुने सम्भावना बढी हुन्छ ।

मनसुनको समयमा त्यसै पनि सरुवा रोगको जोखिमता हुन्छ नै यस्तो अवस्थामा हामीले आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्ने ?
कसरी भन्दा हामीले खाने पानी उमालेर वा शुद्धि करण गरेर खानु पर्दछ । खानेकुराहरू राम्रोसँग पकाएर खानु पर्दछ । भाइरल ज्वरो आएको छ भने हामीले बाहिर हिँड्दा माक्स लगाउनु पर्‍यो, साबुन पानीले हात धुन पर्दछ । कतिपयले यसबारे ज्ञान भएता पनि वा धेरै जसो किताबमा पढेता पनि व्यवहारमा भने लागु नगरेको देखिन्छ । यसले गर्दा हामी यसमा सजक हुनु पर्दछ । तपाईँ हामीले सुनिरहेका पढी रहेका, देखिरहेका सुझावहरू आफ्नो व्यवहारमा पनि लागु गर्न महत्त्वपूर्ण हुन्छ ।

धेरै जसो हैजा देखिएको छ यसबाट डराई हाल्नु पर्ने छ कि छैन ? 
डराई हाल्नु पर्ने त छैन । यो फैलिरहेको छ कतिपयलाई कडा हुन सक्छ भन्ने हो । हामीले यसलाई बच्ने तयारीहरूलाई बढी जोड दिनु पर्दछ कसरी बच्ने भन्ने कुरामा । मुख्यतया तीन वटा कुराहरूमा भर पर्छ सबै भन्दा पहिला पिउने पानी शुद्ध हुनु पर्दछ, दोस्रोमा व्यक्तिगत सरसफाइ पनि हुनु पर्दछ शौचालयको व्यवस्था भएको, तेस्रोमा सम्बन्धित निकायहरूले नियम जुन अनुगमन छ त्यो नियमित र त्यसलाई कडाइ गर्नु पर्छ । यति गर्नाले हैजा फैलिँदै गर्दा रोक्न सकिन्छ ।

अतः वर्षात् मनसुनको समय चलिरहेको छ । सबै जनालाई थाहा पनि होला यति बेला सङ्क्रमित रोगहरू फैलिन्छन् पानी, खानेकुराहरूबाट, हावाहरूबाट फैलने फ्लुहरू रुघाखोकीहरू पनि छ । यो एकैबाट मिश्रित भएर आइरहेको अवस्था पनि छ । यसले गर्दा अहिले जथाभाबी खाने, हिँड्ने, सार्वजनिक स्थलहरूमा जाने त्यो बेलामा जुन उपायहरू भन्ने गरिन्छ त्यो उपायहरूलाई चासो लिएर गहन रूपमा लिएर हामीले व्यवहारमा लागु गर्नु पर्दछ । जसले गर्दा हामी बिरामी हौला सम्भवतः राम्रो उपचार पनि हुन्छ । घरमा भएका बालबालिका, जेष्टनागरिक, दीर्घ रोगी, गर्भवती महिला र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूमा सर्न गयो भने उनीहरूलाई कति अप्ठ्यारो पर्छ आफूले पनि सोच्नु पर्ने हुन्छ ।

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीहरू कत्तिको आउने गर्दछन् ? 
आउने जाने क्रम हुन्छ । डेंगी, हैजा, झाडापखाला र रुघाखोकीहरू जस्ता रोगका बिरामीहरूको आउने जाने क्रम भइरहेको हुन्छ । आगामी दिनहरू आउन बाँकी नै छन् त्यसले गर्दा यो देखि राख्दा कतै यसले धेरै अपडेट दिने त हैन? भन्ने प्रश्न रहेको छ यसले गर्दा तपाईँहरूले विशेष ध्यान दिऊँ भन्न चाहन्छु ।

  • मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङविष्णुमाया श्रेष्ठले तयार पारेको सामाग्री         
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *