उज्वेकिस्तानको अन्न उत्पादन ६.६ प्रतिशतले बढ्यो
मकालु खबर
२०८१ साउन १५ गते
काठमाडौं । सन् २०२४ को पहिलाे छ महिनामा उज्वेकिस्तानले ५.८ मिलियन टन अन्न उत्पादन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ६.६ प्रतिशतले बढेको छ । फरघाना क्षेत्रले अन्न उत्पादनमा अग्रणी स्थान ओगटेको छ ।
कुलको १२ प्रतिशत फरघाना क्षेत्रले ओगटेको हो । सबैभन्दा थोरै २.३ प्रतिशत काराकलपाकस्तान गणतन्त्रमा देखिएको छ । देशको अनाज उत्पादन सन् २०२३ मा पहिलो पटक ८.२ मिलियन टन पुगेको छ ।
मकालु खबर
२०८१ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित