काठमाडौंमा घरभित्रै बाढी, जनजीवन अस्तव्यस्त (फोटो फिचर)

काठमाडौँ । मंगलवार रातिको अविरल वर्षाका कारण काठमाडौं उपत्यका यतिबेला डुबानले जलमग्न छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरू (काठमाडौं, ललितपुर र भक्तपुर) का नदी किनारका बस्ती, सडक संरचनाहरू लेदो पानीले भरिएको देख्न सकिन्छ ।

काठमाडौंको बल्खु, भक्तपुरको हनुमन्ते खोली आसपासका क्षेत्रहरूमा बाढी पसेको छ । जसले उपत्यकाका आम नागरिकको जनजीवन प्रभावित भएको छ । नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरू पानी र लेदो बालुवा पन्छाउँदै गरेको देख्न सकिन्छ । नदी छेउका सडकहरूमा पनि राम्रोसँग यातायात सञ्चालन हुन सकेका छैनन् ।

कतिपय विद्यालयहरू बाढीकै कारण बन्द भएका छन् भने कतिपय अनलाइन माध्यमबाट अध्ययन गराइरहेका छन् । नदी छेउका नागरिकहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । कतिपय स्थानमा घरभित्रै बाढी पसेको छ । जसकारण आर्थिक क्षति कति भयो भन्ने यकिन छैन ।

हेर्नुहोस् काठमाडौं उपत्यकाका बाढी सम्बन्धी यी तस्बिरहरु :

तस्बिर : न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *