कुमारी बैंक र डिआइ स्किन हस्पिटल तथा डिआइ डेन्टल केयर बीच सम्झौता
मकालु खबर
२०८१ साउन १६ गते
काठमाडौँ । कुमारी बैंक लिमिटेड र गोल्फूटार, काठमाडौं स्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयर प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई हस्पिटलहरूबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा द्वारा गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।
मकालु खबर
२०८१ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित