शुक्रवार विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रवार विश्वासको मत लिने तयारी गरेका छन् ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री सोडारीले प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन् ।

एमालेसहितका दलले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा छन् । केन्द्रमा नयाँ समीकरणपछि असार २० गते एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

जेठ ६ गते नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *