सि.जि. मोटर्सले नेपालमा पहिलो सिएटिल ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोर्टसले नेपालमा संसारकै ठुलो ईभी ब्याट्री निर्माता कम्पनी सिएटिएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ । नेपालमा बढ्दो इभिगाडीहरू तथा ग्राहकहरूमाझ ब्याट्रीलाई लिएर देखिएको दुबिधालाई अन्त्य गर्न सिजी मोर्टसले ब्याट्रीको सुविधा सम्पन्न सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्न लागेको हो ।

यस सेवाग्राहीमैत्री ब्रान्डले सबैको मन जित्न सफल सिजी मोटर्सको यो कदमले ग्राहकलाई थप विश्वास दिलाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । ब्याट्री सर्भिस सेन्टर २०२४ सेप्टेम्बरबाट सुरु हुने कम्पनीले जनाएको छ । ब्याट्री सर्भिस सेन्टर तथा ल्याबको लागि छुटै सर्भिस हबबाट सेवा उपलब्ध गराउने लक्ष्य लिएको सिजीले जनाएको छ ।

उच्च दक्ष र सिएटिएलको प्राविधिक ट्रेनिङ लिएर सेवा उपलब्ध गराउने जनाएको छ । ब्याट्री सर्भिसमा उत्कृष्ट ठहरिएका प्राविधिकहरूले सो सर्भिस सेन्टरबाट सेवा दिने कम्पनीले जनाएको छ ।

तथ्याङ्क अनुसार विश्व बजारमा ३७ प्रतिशत बजार ओगटेको सिएटिल ब्याट्रीको नेपालमा बजार हिस्सा दुई तिहाई रहेको छ । सिजी मोटर्सले स्थापना गर्न लागेको सर्भिस सेन्टरमा आफ्नो ब्रान्ड प्रयोग गर्ने ग्राहकहरू बाहेक नेपालमा सिएटिएलको ब्याट्री जडित अन्य अरू थुप्रै ब्रान्डको ग्राहकले पनि सेवा लिन सक्ने जनाएको छ । छोटो समयमै सर्भिस प्रदान गरिने तथा सुलभ मूल्यमा सबै ब्रान्डका ग्राहकहरूले सेवा लिन सक्ने हुनाले सिएटिएल ब्याट्री नेपालमा अझै लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *