मुक्तिनाथ बैंकको स्वतन्त्र सञ्चालकमा आचार्य नियुक्त
मकालु खबर
२०८१ साउन १७ गते
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ ९३० बमोजिम उमेश कुमार आचार्यलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।
करिब २० वर्ष भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । नेपालमा उनी एक बैंकिङ्ग विज्ञको रुपमा परिचित छन् र साथै, विभिन्न निकायहरूमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका छन् ।
बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ ।
मकालु खबर
२०८१ साउन १७ गते
प्रतिक्रिया
सम्बन्धित