विचार : जनप्रशासनको मार्गदर्शन

काठमाडौँ । आज साउन १७ अर्थात् जनप्रशासन क्याम्पसको स्थापना दिवस । शंकरदेब क्याम्पसको एउटा कोठादेखि डिल्लीबजार- त्रिपुरेश्वर – जमल हुँदै हाल बल्खु स्थित आफ्नै संरचना अवस्थित छ, जनप्रशासन क्याम्पस । वि.सं २०३३ मा स्थापित यस क्याम्पसमा (DPA – Diploma in public administration)MPA हुँदै हाल BPA , (Mphil) विभागको मातहतमा अध्यापन हुँदै आएको छ । सार्वजनिक सेवामा प्रवेश चाहने तथा सेवामा कार्यरतहरूको मुख्य आकर्षण रहेको यस विधा, सार्वजनिक प्रशासनको मेरुदण्ड हो ।

जनप्रशासन क्याम्पसको भौतिक, वित्तीय र मानव संसाधनलाई प्रभावकारी रुपमा उपयोग गर्नु आजको आवश्यकता र चुनौती बनेको छ । सेवा आयोग समयमा नखुल्नु, कर्मचारी दरबन्दी अनुरूप नहुनु पनि क्याम्पसलाई चलायमान बनाउन अवरोध पुर्याउने तत्त्वहरू हुन् । यद्द्पी क्याम्पसको वातावरण प्राज्ञिक , परिणाम मुखी बनाउन प्राध्यापकहरू बिचको आपसी सम्बन्ध कार्यमैत्रीपुर्ण हुन उत्तिकै आवश्यक छ ।

साथै, जनप्रशासन क्याम्पस चलायमान बनाउन यहाँकार्यरत अस्थायी (पार्ट टाइम) प्रध्यापकहरुको भुमिका उतिकै महत्वपूर्ण छ । हाल त्रि.बिमा विद्यार्थीको खडेरी परिरहेका बेला गरि करिब २२०० विद्यार्थी अध्ययनरत यस संस्थाले आफ्नो गरिमा जोगाउँदै लानु आजको प्रमुख आवश्यकता हो । कक्षागत अध्ययनलाई थप प्रविधि मैत्री, नियमित र व्यवस्थित गरि यहाँ अध्ययनरत विद्यार्थीहरुलाइ (पढाई सङै कमाइ) अर्थात् यहाँको पढाइलाई प्रयोगमा ल्याउने गरि विभिन्न निकाय, संस्था संग समन्वय गरि ईन्टरशिप उपलब्ध गराउन अति आवश्यक देखिन्छ ।

लोकसेवाका कक्षा धाएर सार्वजनिक प्रशासन प्रवेश पाउने अवस्था कम गर्न यस जनप्रशासन क्याम्पसको पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गरि यस विधालाई नै सार्वजनिक प्रशासनको मेरुदण्ड बनाउनु तर्फ पदाधिकारीहरूको ध्यान जानू आवश्यक छ । यस विधालाई सर्वसुलभ र पहुँचयोग्य बनाउन जस्तै लाई पनि बाट नियमित कोर्सका रुपमा परिणत गरि नेपालीमा समेत अध्ययन गराउन सके हालको अध्ययन शुल्क कम हुन गई धेरै विद्यार्थीलाई ठुलो राहत हुने थियो ।

साथै, सरकारी र गैरसरकारी क्षेत्रमा दर्खास्त आव्हान हुँदा समेत जनप्रशासन विधा अध्ययन गरेकालाई (कोटा) प्राथमिकता छुट्टाइनु पर्छ, यसो गर्न सकेमा यस विधाको दिगो आकर्षण बढ्ने छ । उल्लेखित विषयहरू सम्बोधनका लागि हामी सम्बन्धित निकायमा निरन्तर लागिरहेको र उहाँहरू पनि यसबारेमा सकारात्मक रहनुभएकाले निकट भविष्यमै सो पुरा भई जनप्रशासन विधा थप लोकप्रिय बन्ने कुरामा दुईमत छैन ।

स्थापना काल देखि हालसम्म जनप्रशासन क्याम्पसलाई विभिन्न तवरले सहयोग गर्नुहुने सम्पूर्ण प्रध्यापकज्युहरु, कर्मचारीहरू, प्राज्ञिक व्यक्तिहरू , विद्यार्थीसंगठनहरु,विद्यार्थी साथीहरू लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद तथा स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अझ यस विधालाई प्रशासनिक मेरुदण्डका रूपमा स्थापित गर्न हातेमालो गर्दै अगाडि बढ्न आवहन गर्दछु ।

(लेखक अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटी अध्यक्ष हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *