महिला भलिबल लिगमा नेपालले श्रीलंकालाई हरायाे

काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी सुरुवात गरेको छ।

राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो।

पहिलो सेट २५–१९ ले जितेको नेपालले दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले जित्यो।

भलिबल लिगमा नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *