मुख्यमन्त्री आचार्यले ११ दिनपछि मन्त्रीलाई दिए मन्त्रालयको जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गरेका छन् । यही साउन ७ गते नियुक्त भएका आठ जना मन्त्रीहरूको जिम्मेवारी तोकिएको थिएन । आज मुख्यमन्त्री आचार्यले उनीहरूको जिम्मेवारी तोकेका हुन् ।

कांग्रेसका धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना, प्रचण्ड विक्रम न्यौपानेलाई उद्योग, पर्यटन तथा यातायात, बादशाह कुर्मीलाई वन तथा वातावरण र सरोज थापालाई सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

त्यस्तै एमालेका भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार विकास, दिनेश पन्थीलाई कृषि, भूमि तथा सहकारी, खेमबहादुर सारूलाई स्वास्थ्य र सीता शर्मालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी रहेका आन्तरिक मामिला तथा कानुन र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भने मुख्यमन्त्री आचार्य आफैँले राखेका छन् ।

लुम्बिनीमा एमाले र कांग्रेस मिलेर नयाँ सरकार गठन गरेका छन् । ८७ सांसद भएको लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *